
चैत ३०, तनहुँ : केहीदिन अघिमात्रै एक अन्तरवार्तामा गायक दुर्गेश थापाले अहिलेपनि पलसंग निरन्तर टेलीफोन सम्बाद भईरहने र आफुले पललाई नआत्ति-एर बस्नु सबै ठीक हुन्छ भन्ने जस्ता कुराहरुले सम्झाएको भन्ने विषयमा नायक तथा
मोडेल पल शाहले कारागारबाटै ठाडै अस्वी-कार गरेका छन् ।
उनले एक पत्रकारसंगको कुरा-कानीमा दुर्गेश थापासंग कुरा गर्नुको कुनै अर्थ नै नभएको हुनाले उनीसंग कुनैपनि प्रकारको कुराकानी नभएको बताउँदै दुर्गेशको भनाईलाई ठाडै अस्वी-कार गरेका हुन् ।
पल प्रकरणमा गायक दुर्गेशको चौतर्फि आलोचना भई रहंदा उनी भने लामो समयसम्म आफुप्रति गरिएको आलोचनाको कुनैपनि प्रतिकृया दिएका थिएनन् । तर पछिल्लो केही दिन अघि मात्र उनले एक अन्तारवार्तामा पल का-रागार चलान भएको खबरले निकै दुःखी भएको पनि बताएका थिए ।
यतिमात्र नभई उनले पललाई फसा-उन चाहेको भए आफुले प्रहरीलाई त्यस्तै खालको बयान दिन सक्ने तर नदिएको बताउँदै पलप्रति आफ्नो साहानुभूति भएको बताएका थिए ।
‘पल मेरो साथी हो । हामी अहिले पनि साथी नै हौं । ऊ जेल जाँदा म किन र कसरी अनि के कारणले खुशी हुने ? पल जेल जाँदा म खुशी भएको भए त मैले ठाउँ ठाउँमा कन्सर्टहरु गर्नु पर्ने थियो । खै त मैले गरिन त । ऊ कारा-गार चलान हुँदा म रातभरी सुतेको छैन ।
मेरो छोराको कसम खाएर भन्छु पललाई फसाउनलाई मेरो कुनैपनि हात छैन । यो त सबै पल र मेरो सम्बन्ध बिगार्न उसैको सहयोगीले खेलेको खेल थियो । जस्मा पल र म दुवै फसेयौं ।’ दुर्गेशले एक अन्तरवार्तामा भनेको कुरा हो यो ।उक्त अन्तरवार्तामा दुर्गेशले पलका साथै आफ्नो सम्पर्क पलकका परिवारसंगपनि भएको बताएका थिए ।
तर दुर्गेशका यी सबै कुरालाई पलले भने कारागारबाटै ठाडै अस्वीकार गरेका छन् । आफुलाई भेट्न गएका पत्रकारसंग उनले भनेका छन्, ‘दुर्गेशसंग मेरो कुनैपनि प्रकारको कुरा भएको छैन । र कुरा गर्नपनि चाहादिंन । मलाई थाहा छैन उस्ले किन यस्तो झुटो कुरा बोल्यो ? मलाई ऊसंग कुरा गर्नु पर्ने के छ र ? अहिले म यहाँ छु । मेरो केश अदालतमा चलिरहेको छ ।
मेरो र मेरो परिवारको विषयमा दुुर्गेशले जे जस्तो कुरा बोलेपनि ती सबै झुटा हुन् । मेरा दर्शकलाई भनिदिनु ।’पलसंग अहिले आफ्नो सम्बन्ध ठीक भएको र आफु पलको विषयमा निकै नै दुुःखी भएको भन्ने अभिव्यक्तिमा अन्तरवार्ता दिएका दुर्गेशलाई पलका फ्यानहरुले त्यतिबेला नै गो’हीको आँशु झारेको भन्ने आरो-प लगाएका थिए ।
दुुर्गेशको सबै भनाईप्रति का’रागारबाटै पलले अस्वी-कार गरेको कुराप्रति भने गायक थापाले अब फेरी पलका फ्यानहरुबाट कस्तो खालको आ-रोप सहनु पर्ने हो र सुन्नु पर्ने हो ? त्यो भने पर्खाईकै विषय बन्यो । तर पलले का’रागारबाट दुर्गेशको भनाईप्रति आफ्नो अभिव्यक्ति दिएको भिडियो भने यस्तो छ ।
भिडियो !