२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

पल शाहले जिते सर्वोकृष्ट नायकको अवार्ड, पूजाले लेखिन यस्तो स्टाटस !

चैत २८, काठमाडौं : केहि समय अघि कर-णी गरेको आ’रोपमा जे’ल परेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।

नाबालिग किशोरीलाई कर’णी गरेको आ’रोपमा तनहुँमा जे’ल भोगिरहेका अभिनेता शाहलाई सो पुरस्कार दिइएको हो ।
अर्कोतिर सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाइन्नी
हरुले ‘म यस्तो गीत गाउँछु–२’ बाट सर्वोत्कृष्ट नायक र

सर्वोत्कृष्ट नायिकाको पुरस्कार पाएका हुन् ।उक्त चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउन सफल भएका छन् । उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु–२’ नै भयो ।चलचित्र विकास बोर्डमा सोमबार भएको एक कार्यक्रममा सर्वोत्कृष्ट नायक र नायिकाको अवार्ड प्रदान
गरिएको हो ।

जानकारी अनुसार सोही चलचित्रबाट बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक भएका छन् । समारोहमा सहभागी नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले जेल परेका पललाई याद गरिरहेको भन्दै भावुक भएका थिए ।

अवार्ड लिएको तस्बिर फेसबुकमा पोस्ट गर्दै पूजाले प्र’सव पी’डामा चिच्याएकी आमा सन्तान जन्माएपछि मुस्कुराएको जस्तै आफू मुस्कुराएको बताएकी छन् ।

यद्यपि दिल खोलेर हाँस्न नसकेको उनको भनाइ छ । पूजाले आफूहरूले पाएको अवार्ड पललाई समर्पित गरेकी छन् ।‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारी साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ । पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौँ ।’

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 373 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार