
चैत २७, काठमाडौं : युक्रेन र रुसका ८ छिमेकी मुलुकमा रोजगारीका लागि जाने नेपालीलाई अब छुट्टै नियम लाग्ने भएको छ ।
सरकारले ती दुई देशका नजिकै पर्ने ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको हो ।
यु-द्धग्र-स्त देशका वरपर रहेका श्रम गन्तव्य मुलुकहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार र बेलारुसमा नयाँ नियम लागू हुनेछ ।
वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका र व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अ-लपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बा-ध्य पारिने जस्ता प्रवृत्ति देखिँदै आएको छ ।
त्यसैले, ती देशमा जान दिइने श्रम स्वीकृतिलाई व्यवस्थित गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो नियम वैशाख १ गतेदेखि लागू गर्ने विभागको तयारी छ ।
नयाँ नियम अनुसार ती देश जाने नेपालीले मागपत्र प्रमाणीकरणका लागि नियोगबाट स्वीकृति लिनुपर्ने विभागले जनाएको छ ।