२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सले दियो उडान अनुमति !

फागुन २८, काठमाण्डौ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सको उडान फुकुवा गरेको छ ।
प्राधिकरणका प्राविधिकबाट श्री एअरलाइन्सको उडानमा रहेका जहाजको आज शुक्रवार प्राविधिक सुरक्षा जाँचपछि

उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले आज बिहान श्री एअरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको

कार्यान्वयन गर्ने गरी एअरलाइन्सको उडान फुकुवा गरिएको छ । श्री एअरलाइन्सको उडान फुकुवा भयो तर एअरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र आज प्राविधिक जाँचपछि देखिएका विषय र प्राधिकरणका सुझाव पालना गर्नुपर्ने सर्तमा उडान फुकुवा गरिएको हो, उहाँले भन्नुभयो ।

श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनः उडान अनुमति पाएसँगै भोलि शनिवारदेखि नियमित उडान सञ्चालन गरिने बताउनुभयो ।

व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेशन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको थियो ।

आजका लागि पूर्वनिर्धारित सबै १४ उडान स्थगित भएको र यसबाट झन्डै दुई हजार यात्रु मर्कामा परेको कम्पनीले जनाएको छ । हिजो बिहीवार काठमाण्डौबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत

देखिएपछि त्यो जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एअरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन् । तीमध्ये चार वटामात्रै सञ्चालनमा छन् ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।