२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

नेता बस्नेत र मेयर बालेन बिच भेटघाट, बिगतका असमझदारी टुंग्याएर र सहकार्य गर्ने !

फागुन २४, काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतबच भेट वार्ता भएको छ ।

नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्। आफ्नो सचिवालयका केही सदस्यसहित गुण्डु पुगेका शाह र बस्नेतबीच विगतका अस-मझदारी

टुंग्याएर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ।
बालेन्द्र बस्नेतको घरमै पुगेपछि त्यस क्षेत्रमा भएको विकासका कामको समेत अवलोकन गरेका थिए।

भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा संगै खाना खाएर छुटेको नेता बसनेतले बताए ।
बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा

सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए। त्यसो त यसअघि नेता बस्नेत बालेनको चर्को आलो*चकको रुपमा प्रस्तुत हुँदै आएको थिए।

यसअघि २०७८ भदौ १९ मा एमाले सांसद रहेका बस्नेतले काठमाडौँ महानगरका मेयर शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका थिए।उनले त्यसबेला डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आ-रोप पनि लगाएका थिए।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।