२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

गृहमन्त्री लामिछाने भन्नुहुन्छ : धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुस् ।

माघ १०, काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुराना अप-राधी पक्रा’उ गर्न मात्रै नभई नयाँहरु फरार हुन नपाउन् भन्ने चेत पनि आफूमा रहेको दावी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ अप-राधिहरु पनि फ-रार हुन नदिने जिकिर गरेका हुन् ।
पुराना फरारहरु समातिन्छ्न मात्र होइन ।

धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ, उनले भने, हिजो बोलेका शब्द शब्दको हेक्का छ । उनले भोट माग्दा गरेका वाचाहरुको हेक्का रहेको पनि बताए ।

उनले मिडियोको हेडलाइन फेर्न नसकेपनि जनताको जीवनशैली परिवर्तन गर्न मेहनत गरिरहेको पनि दावी गरेका छन् ।
मिडियाको हेडलाईन म बदल्न सक्दिन । तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु ।

उनले भनेका छन् ‘धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ । पछिल्लो समय हत्या आरोपी सांसद संसदमै खुलमखुला हिँडिरेको भन्दै गृहमनत्री लामिछाने आलोचित छन् ।

हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी कोइरीले गृहमन्त्रीकै आखा अगाडी संसदमा उपस्थित भएका थिए । त्यस्तै कोइरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पनि दिएका थिए ।

२०७९ माघ १०, मंगलवार प्रकाशित 1 Minute 71 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।