२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

आज चीनबाट नेपाल वायुसेवा निगमको विमानले थप ४४ लाख खोप ल्याउदै ।

काठमाडौं : सरकारले खरीद गरेको को’भिड १९ वि’रुद्धको भेरो’सेल खोप काठमाडौं आउँदैछ । स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए ।

खोप ल्याउन वरिष्ठ क्याप्टे’न ‘विजय लामाको’ नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो । खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’!

उनले न्युज कारखानासँग भने । “हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए ।” हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ । -न्युज कारखाना

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।