२०७९ असार १५ बुधबार
  • काठमाडौँ

आफैले कार्यक्रममा बोलाएका अतिथिले ऋषि धमलाको हात तानेर जब घिसार्न खोजे !

काठमाडौँ : चर्चित पत्रकार ऋषि धमलाको स्टुडियोमा बोलाइएका अतिथिले गरेको एउटा ब्यवहार चर्चित भएको छ । धमलाले एक जना ज्योतिषलाई अतिथीको रुपमा बोलाएका थिए ।
उनले धमलाको हात तानेर केही भनिरहेको एउटा भिडियो चर्चित भएको छ ।‘जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलाले मलाई पनि आशिर्वाद दिनुस् भन्दै जब अतिथिलाई आग्रह गरे । उनले धमलाको

हात समातेर ताने, टाउकोमा हात राखे अनि मन्त्र भनिरहेको जस्तो सुन्न सकिन्छ । जनता जान्न चाहान्छ’ कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषिलाई साक्षत्कार गर्न बोलाइएको थियो । प्रख्यात ज्योतिषि विहांग्मराज तिम्सिनाले धमलालाई त्यसो गरेका हुन् ।

कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए ।उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने संकेत गरेका छन् । त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भविष्यवाणि गरेका छन् ।

कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले उनलाई तानेका हुन् । एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए । ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए । अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

२०७८ आश्विन २३, शनिबार प्रकाशित 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार