२०७९ असार १५ बुधबार
  • काठमाडौँ

प्रेम आले र रामुकमारी झाँक्रीको जिम्मेवारी साटफेर : आलेलाई पर्यटन, झाँक्रीलाई सहरी विकास मन्त्रालय

काठमाडौं : नेकपा एकीकृत समाजवादीबाट प्रेम आले र रामुकमारी झाँक्रीको जिम्मेवारी साटफेर गरिएको छ । यसअघि झाँक्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र प्रेम आलेलाई सहरी विकासमन्त्री

बनाइने लिस्ट तयार पारिएको थियो । तर, राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरुको लिस्ट पूग्दा उनीहरुको जिम्मेवारी साटफेर गरिएको छ ।
सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई आज साँझ पूर्णता दिन लागेका छन् ।

मन्त्रिपरिषद्मा सत्ता गठबन्धनका पाँच दलमध्ये ४ दल सहभागी हुँदै छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जनमोर्चा भने सरकारमा सामेल नहुने भनिसकेको छ ।साँझ विस्तार हुने मन्त्रिपरिषद्मा नेपाली कांग्रेस,

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजावादी पार्टी नेपालबाट मन्त्रीहरु सामेल हुँदैछन् । प्रधानमन्त्री देउवाले आफूसँग ८ मन्त्रालय, माओवादीलाई ५, नेकपा एस र जसपालाई ४/४ मन्त्रालय दिएका छन् । साथै, देउवाले यसअघि मन्त्री बनेकाहरु जिम्मेवारी हेरफेर पनि गरेका छन् ।

२०७८ आश्विन २२, शुक्रबार प्रकाशित 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार