
काठमाडौ : प्राविधिक समस्याका कारण विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा फोर्स ल्याण्ड गरिएको बुद्ध एयरका सबै यात्रु फेरी विराटनगर जान पाएनन् ।
विमानमा ७३ यात्रु थिए । जस मध्ये ४९ यात्रुलाई मात्र सोमबार अर्को उ’डानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ । प्राविधिक समस्याका कारण विराटनगर
विमानस्थलमा अवतरण गर्न नसेको विमानलाई फेरी काठमाडौ ल्याएर अवतरण गराइएको थियो । विमान दुई घण्टा सम्म काठमाडौको विमानस्थल माथि आकासमा घुमिरहेको थियो ।
एनआई कलसाइनको उ’डान नम्बर–७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरवाट फिर्ता आएको हो ।
तर प्राविधिक समस्याका कारण विराटनगरवाट फर्किएका २३ जना यात्रु बुधवार मात्र विराटनगर जाने भएका छन् ।
दु’र्घटनाबाट बचेका कतिपय यात्रु डरका कारण दोस्रो उडानमा जान मानेनन् । उनीहरु आफै केही दिन पछि फर्कने निर्णयमा पुगेका थिए । दुई घण्टा सम्म आकासमै विमानमा बसेर घुम्नुपर्दा यात्रुहरु निकै डराएका थिए ।
सो विमानमा सवार ७३ जना मध्ये ४९ जना यात्रुलाई बुद्ध एयरको कलसाइन ‘नोभेम्बर डेल्टा’विमान मार्फत सोमबार नै बिराटनगर पठाइएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । विराटनगरमा जानेमा दुईजना नाबालक छन् ।