२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

हेलिकप्टरमार्फत खुम्बू पुगेर गायिका इन्दिरा जोशीले गरिन् ‘इङ्गेजमेन्ट’

काठमाडौं : गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गरेकी छन् । उनले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा ब’धाइ दिएपछि वा’स्तविकता खुलेको हो ।

गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । उनले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डि’जाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ ।

उनले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् ।

उक्त भिडियो अहिले भाइरल बनेको छ । उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् । गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खु’लाएकी थिइनन् ।

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित 1 Minute 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार