२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बोलाएको समयमा वडाध्यक्ष नआएपछि ज’लाइयो वडा कार्यालय !

काठमाडौं : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका( १ को वडा कार्यालयमा आगलागी भएको छ। आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आ’गो लगाएको प्रहरीले जनाएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ।कार्यालयको झ्याल फो’डेर पेट्रोल छर्केर आ’गजनी गरेको वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिए । वडाध्यक्ष सुनारले भने, ‘वीरेन्द्रनगर वडा नं।

१ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई फोन गरेका थिए ।१० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए ।

सो समयमा आफु एउटा कार्यक्रममा भएकोले केही समय लाग्ने हतार भए कागज लिएर आउनु भनेर फाेन राखे केही समयमा त कार्यलयमा आ’गलागी भयाे भन्ने खबर अायाे, उनले भने । प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।