२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

ब्रेकिङ – विर गोर्खलीको शक्ति प्रदर्शन,एमसीसी बि’रुद्ध आज सम्मकै ठुलो जु’लुस ।

काठमाडौं : संविधान दिवसको पूर्वसन्ध्यामा वीर गोर्खाली अभियानले नेपालको संबिधान २०७२ र एमसीसी सम्झौताको वि’रुद्ध बुटवलमा र्या’ली सहित विशाल प्रदर्शन गरिएको छ। बुटवलको मणिग्रा’म बाट सुरुभएको याली नयाँमील

जोगिकुटी हुँदै गोलपार्क बाट ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा बोल्दै वीर गोर्खा’ली अभियन्ता बसन्त बिक्रम पाण्डेले बाइबलरुपी अहिलेको संबिधानले मुलुकलाई अस्थिरता तर्फ धके’लेको बताउदै अब २०४७ सालको संबिधानमा सबै फर्किनुको विकल्प नरहेको बताए।

र्या’लीमा करिब ५ हजार भन्दा बढी मोटरसाइकल सहभागी रहेको दाबी गरेको छ। कार्यक्रमलाई ब्यबस्थित गर्न वीर गो’र्खाली अभियन्ताहरु रामु थापा, प्रबिण थापा, दुर्गा पाण्डे, बिश्व अर्याल, सुर्यदेव राजावादी, हुसेन राजावादी लगायतको सक्रिय सहभागिता रहेको देखिएकोछ।

संविधान जारी भएको ५ वर्ष नबित्दै संविधानको विरु’द्ध प्रदर्शन र एमसिसी पास गर्न सरकारले अन्त’र्राष्ट्रिय दबाब खे’पिरहेको बेला संबिधान र एमसिसी वि’रुद्ध वीर गोर्खालीले शनिबार बुटवलमा बिशाल प्रदर्शन गरेपछि शेरबहादुर देउवा नेतृत्वको

सरकारलाई मात्रै होइन सिङ्गो गण’तान्त्रिक ब्यबस्थालाई समेत ध’क्का पुगेको सहभागीहरूले बताएका छन्। वीर गोर्खाली अभि’यानले गत बर्ष असोज २४ गते काठमाडौं बाट सुरु गरेको आ’न्दोलन कार्तिक १७ गते बुटवलमा हजारौं मोटरसाइकल सहित प्रदर्शन गरे पस्चात देशब्या’पी ‘राजा आउ देश बचाउ’ भन्दै प्रदर्शन गरेको थियो । राजा आउ देश बचाउ भन्दै वीर गो’र्खालीले देशभर प्रद’र्शन गरेपछी तत्का’लिन केपी शर्मा ओली सरकारले सर्वदलीय बैठक समेत बोलाएको थियो ।

२०७२ को संबिधान खा’रेजी र एमसीसी विरु’द्ध बुटवलको मणि’ग्राम चोक बाट (यालीसहित वीर गो’र्खाली अभियानले विशाल प्रदर्शन गरेप’स्चात शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सकस परेको छ । राजावादी संघ संगठनको सबैभन्दा ठूलो र शक्ति’शाली मानिएको वीर गो’र्खाली अभियाले अघिल्लो बर्ष काठमाडौं, बुटवल, चितवन,पोखरा,कोहलपुर ,बिराटनगर,

कपिलवस्तु ,बर्दिया, सुर्खेत, दाङ, बिरगंज, हेटौंडा लगायत देशका ठुला शहरहरुमा विशाल प्रदर्शन गरेको थियो।कार्यक्रम सन्चालन गर्दै वीर गो’र्खाली अभियन्ता सौरभ भण्डारीले भने “बिदेशीले लेखिदिएको संबिधान भएकै कारण आज एमसीसी जस्तो रास्ट्रघा’ती सम्झौताले यो कथित संवि’धानलाई टाङ्ग’मुनी छिराएकोछ त्यसैले यो संविधान खारेज गरेपछि एमसीसी स्वत खारेज हुने उनको दावी छ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै वीर गोर्खाली अभियन्ता चिरण क्षेत्रीले रास्ट्रघा’तीहरुको विरु’द्ध अग्र मोर्चामा रहेर ल’डनुपर्ने परिस्थिति आएकोले तयारी अवस्थामा रहन आव्हा’न गरे। अर्का अभियन्ता दिपेन्द्र ढकालले भने “गणतन्त्रले देश अफगानिस्तान

र सिरियाको बाटोमा गएको छ त्यसैले त्यो परिस्थितिमा जान रोक्नको लागी सबैलाई वीर गोर्खा’लीको इति’हास दो’होर्याउनु परे पनि हामी तयार छौं। देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्ड’ताका लागि राष्ट्रिय एकतासहित राजसस्था र हिन्दु राष्ट्र पुन:र्स्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ।

२०७८ आश्विन ३, आईतवार प्रकाशित 0 Minutes 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।