२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

एनसेलको ठ’गी काण्डले उपभोक्तालाई हैरानी, प्राधिकरणले निकाल्यो

काठमाडौं : एनसेलले सेवाग्राहीलाई व्यापक रुपमा ठ’गी गरेको जनगुनासो बढ्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ । प्राधिकरणको उपभोक्ता हित संरक्षण शाखाले एनसेलको सेवाग्राहीहरुले सचेत भएर सेवाको उपभोग गर्न र सेवा प्रदायकहरुले

गुनासो नसुनेमा प्राधिकरणमै सिधा सम्पर्क गर्न भन्दै सूचना प्रकाशित गरेको हो । एनसेलले ठगी गरेको भन्दै प्राधिकरणमा दैनिक हजारौंको संख्यामा गुनासो आउन थालेपछि एक्सनमा उ’त्रिएको भएपनि प्राधिकरणले उक्त कम्पनीको नाम भने उल्लेख नगरी सूचना प्रकाशित गरेको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरि दुरसञ्चार सेवा प्रदान गरिरहेका सेवा प्रदायकहरुले प्रदान गरेको दुरसञ्चार सेवाका सम्बन्धमा समस्या भएमा

दुरसञ्चार उपभोक्ताहरुले सम्बन्धित सेवा प्रदायकहरुलाई गुनासो गर्दा पनि समस्या समाधान नभएको खण्डमा प्राधिकरणको कार्यालयको सम्पर्क नम्बर तथा कार्यालयको इमेल मार्फत गुनासो व्यवस्थापन गरिदै आएको व्य’होरा जारी सूचनामा उल्लेख गरिएको छ । घुमाउरो व्य’होरा उल्लेख गरेर एनसेललाई निरन्तर उपभोक्तालाई नठग्न चेतावनी दिने गरी जारी

गरिएको सूचनामा हाल दुरसञ्चार सेवाका सम्बन्धमा उपभोक्ताहरुको गुनासोलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि कार्यालयको सम्पर्क नम्बर तथा इमेलको अतिरिक्त गुनासो व्यवस्थापन प्रणाली समेत तयार गरी सोझै प्राधिकरणको वेभसाइटमा राखिएको गुनासो व्यवस्थापन प्रणालीमा समेत गुनासो दर्ता गराउन सक्ने व्यवस्था गरेको व्य’होरा

सम्पूर्ण दुरसञ्चार उपभोक्ता तथा सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि अ’नुरोध समेत गरेको छ । प्राधिकरणले कार्यालयमा एनसेलबाट ठगिनेहरुको गु’नासो सुन्न तीनवटा ल्याण्डलाइन फोन नम्बरको व्यवस्था गरेको छ । यसरी तीन–तीन वटा नम्बर गु’नासो सुन्नकै लागि व्यवस्थापन गर्नुले पनि एनसेलले ग्राहकलाई कतिसम्म ठ’गी गर्छ र दैनिक कति धेरै गुनासो गरिन्छन् भन्ने पुष्टि गर्छ ।

एनसेलले विशेष गरी विभिन्न अफरका नाममा ल्याउने स्किमहरुमा ठ’गी गर्ने गरेको छ । कहिले डाटा प्याक र कहिले भोइस प्याक भन्दै तोकिएको स्किम नदिएर उपभोक्तालाई ठ’गी गर्ने गरेको छ । एनसेलले विभिन्न अफरका स्किम ल्याएर उपभोक्ताहरुलाई आकर्षित गर्ने तर स्किमहरु भने नदिने गरेको पाइएको हो ।

उसले घो’षणा गरे अनुसार उपभोक्ताले निर्धारित समयको लागि प्याक लिने तर प्याक उक्त समयसम्म नचली मुख्य ब्यालेन्सबाट रकम का’टिने गर्दा ‘ हेरानी खेपिरहेका छन् । एनसेलको सिमबाट कल नगरे पनि रकम का’टिने गरेको गुनासो समेत व्यापक सुन्ने गरिएको छ । कतिपय ठाउँमा नेटवर्क नटिप्ने, टिपिहाले पनि आवाज नबुझिने, बीचमै

फोन का’टिएर तोकिएको भन्दा बढी ब्यालेन्स घट्दै जाने लगायतका समस्याले उपभोक्तालाई हैरानी दिएको छ । यस्ता समस्याहरुको बारेमा गुनासो सुनाउन फोन गर्दा एनसेलका कर्मचारीहरुले स्पष्ट जवाफ नदिने तथा झर्कोफर्को गर्ने गर्नाले उपभोक्तालाई दिक्क बनाएको छ । आफ्नै पैसा खर्च गरेर पनि सेवा प्रयोगमा हैरानी व्यहोर्नु परेपछि सिमकार्ड त्याग्नु परेको उपभोक्ता बताउँछन् ।

चाडपर्व लगायत विभिन्न अवसरहरुमा आकर्षक अफरमा लोभिएर सिमकार्ड लिने ग्राहकहरुले आफू ठगिएको थाहा पाएपछि पुन रिचार्ज नगरी सिमकार्ड नै फाल्ने गरेका छन् । एनसेलले बाँडेका यस्ता लाखौं लाख सिमकार्डहरु निस्क्रिय छन् । एनसेल ठगी काण्डका दर्जनौं प्रमाणहरु हामीलाई प्राप्त भइरहेका छन् । –

२०७८ आश्विन १०, आईतवार प्रकाशित 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।