
काठमाडौं : प्रहरीको महानगरी अ’पराध महाशाखाले भारतबाट चोरी गरी ल्याएको मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ । प’क्राउ पर्नेहरुमा
बर्दिबास नगरपालिका-१४ घर भइ काठमाडौं शंखमुल बस्दै आएका २१ वर्षीय आकाश कार्की र बर्दिबास नगरपालिका-१४ घर भइ हाल काठमाडौंमहानगरपालिका-३१ जडिबुटी बस्दै आएका २१ वर्षीय अमित
कुमार महतो रहेका छन् ।महाशाखाले उनीहरुको साथबाट आइफोन, सामसुङ, लाभा, ओप्पो र रियल मी कम्पनीका ६१ थान मोबाइल बरामद गरेको छ । जसमा भिभो कम्पनीको मोबाइल १२ थान, ओप्पो
कम्पनीको मोबाइल ११ थान, सामसुङ कम्पनीको मोबाइल १० थान, रेडमी कम्पनीको मोबाइल ९ थान, एप्पल कम्पनीको मोबाइल ८ थान, रियल मी कम्पनीको मोबाइल ४ थान, एमआइ मोबाइल कम्पनीको
मोबाइल ३ थान, भिटु, हुवावे र टेको कम्पनीको मोबाइल १/१ थान रहेका छन् । प’क्राउ परेका उनीहरुलाई आवश्यक का’र्बाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ ।