२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

काेरिया नेपाली श्रमिक पठाउने सन्दर्भमा इपिएस शाखा यस्तो भन्छ ।

काठमाडौ : सरकारले को’रोना महामा’रीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको

मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो ।मापद’ण्डअनुसार नेपालबाट जाने श्रमिकको को’भिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारे’न्टाइनको खर्च श्रमिक स्वयंले बेहोर्नु पर्नेछ ।

दक्षिण कोरिया जाने कामदारको बीमा गर्न विभागले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्यो’रेन्स कम्पनी छनोट गरेको छ । यी कम्पनीले कोरिया जाने श्रमिकको पाँच हजार अमेरिकी डलरसम्मको कोरोना बीमा गर्नुपर्नेछ ।कोरियाका लागि सीधा उडान गर्नका लागि बोलपत्र आह्वान भइसकेको छ ।

कोरिया सरकारले राखेको माप’दण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली श्रमिक कोरिया पठाउने प्रक्रिया सुरु हुने ईपीएस शाखाले जनाएको छ । ईपीएस शाखाका निर्देशक सुरेश राहुलले सीधा उडानका लागि

केही समयअघि नै बोलपत्र आह्वान गरेको र परेका बोलपत्रको मूल्याङ्कन गर्ने काम भइरहेको जानकारी दिनुुभयो । अक्टोबरमा सीधा उडानको सम्झौतापछि नियमित उडान हुने र एचआरडीले अन्तिम छनोट गरेर पठाएका श्रमिक पठाउन सुरु गरिने उहाँको भनाइ छ ।

विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार श्रमिक रोकिएका छन् । नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्र्या’क्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रूपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि रोकिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

को’रोनाका कारण कोरिया जाने प्रक्रिया रोकिएपछि धेरै श्रमिकको श्रम सम्झौतालगायत प्रक्रियाको म्याद सकिएको छ । म्याद सकिएकाको श्रम स’म्झौता तथा भिसा प्रक्रियामा रहेको म्याद स्वतः थपिने एचआरडीले जनाएको छ । कोरोनाका कारण दुई वर्षयता कोरियाको रोजगारी ठप्प छ ।

२०७६ फागुनदेखि नै ईपीएसमार्फत नेपाली श्रमिक कोरिया जान पाएका छैनन् ।निर्देशक राहुलले तीन वर्षदेखि ईपीएसमार्फत कोरियन भाषा परीक्षा दिएर कोरिया जान रोस्टरमा परेका श्रमिक कोरिया पठाएपछि नयाँ मागको

भाषा परीक्षाको गरिने बताउनुुभयो । उहाँले भन्नुुभयो, तीन वर्षदेखि रोकिएका पठाउन सकिएको छैन, फेरि नयाँ थप गरेर मात्रै के गर्ने ? पुराना पठाएपछि नयाँ लिने आन्तरिक तयारीमा छौँ । –याे समाचार आजको गाेरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ ।

२०७८ आश्विन ७, बिहीबार प्रकाशित 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।