२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

प्रदिप खड्का र नाना पाटेकरबीच हिन्दी फिल्ममा सहकार्यको चर्चा !

मंसिर १२, काठमाडौं : प्रदीप खड्का र बलिउड अभिनेता नाना पाटेकरबीच केही दिनअघि मुम्बईमा भेट भएको छ । यी दुई कलाकारबीचको यो भेट तेस्रोपटक हो ।

‘प्रेमगीत’ फेम्ड निर्देशक तथा निर्माता सन्तोष सेनले प्रदीप र नानाबीचको भेटबारेको तस्वीर सार्वजनिक गरेपछि यसले फिल्मवृत्तमा चर्चा बटुलेको छ ।

औपचारिक रुपमा केही नबताइए पनि प्रदीप र नानाबीच एक हिन्दी फिल्ममा सहकार्यको तयारी छ । प्रदीपले बलिउड फिल्म साइन गर्ने चर्चाका बीच बाहिरिएको यो तस्वीरलाई महत्वका साथ लिइएको छ ।

निर्माण हुन लागेको यो नयाँ प्रोजेक्टमा प्रदीप र नानाले सहकार्य गर्न सक्ने र उक्त भेट सोही उद्देश्यले भएको निकट स्रोतले जनाएको छ ।

प्रेमगीत ३ पछि प्रदीप भारतीय दर्शकमाझ चर्चामा छन् र केही साताअघि उनी बलिउड फिल्म ‘डबल एक्सएल’को प्रिमियरमा सोनाक्षी सिन्हासँग पनि देखिएका थिए ।

२०७९ मंसिर १२, सोमबार प्रकाशित 0 Minutes 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।