२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अवतार २ बन्यो महंगो फिल्म, लगानी उठाउनै २ बिलियन डलर कमाउनुपर्ने !

मंसिर १०, काठमाडौं : जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार द वे अफ वाटर’ अहिलेसम्मकै महंगो फिल्ममध्ये बनेको छ । लगानी उठाउन समेत फिल्मले २ बिलियन डलर कमाउनुपर्ने भएको छ ।

जिक्यू म्यागजिनसँगको एक ताजा अन्तर्वार्तामा निर्देशक क्यामरुनले ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये महंगो फिल्म बनेको बताएका छन् । रोचक कुरा के छ भने अहिलेसम्म पाँच फिल्मले मात्र २ बिलियन डलर कमाउन सकेका छन् ।

सुरुमा २५० मिलियन डलरमा बनेको भनिएपनि मुद्रा स्फिर्तीको कारण लागत खर्च बढेको क्यामरुनको भनाई छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सका अधिकारीसँग पनि क्यामरुनले फिल्म इतिहासमै खराब ढंगले निर्माण खर्च बढेको गुनासो गरेका छन् ।

२ बिलियन डलर कमाएमात्र लगानी सुनिश्चित गर्ने कुरा चाहिँ एकदमै चुनौतिपूर्ण हुने देखिन्छ । अहिलेसम्म सर्वाधिक कमाउने क्यामरुनको अघिल्ला फिल्महरु अवतार १ र टाइटानिकले मात्र २ बिलियन डलरको आँकडा पार गर्न सकेका छन् ।

अवतार १ को कमाई २.९ बिलियन डलर छ । टाइटानिकको २.१ बिलियन डलर छ । डिज्नेको एभेन्जर्स ः एन्डगेमले २.७ बिलियन डलर कमाउन सकेको छ ।

२०७९ मंसिर १०, शनिबार प्रकाशित 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।