२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

प्रेमगीत ३ को सफलता पछि धमाधम हिन्दीमा डब हुँदै नेपाली फिल्म !

मंसिर ८, काठमाडौ : फिल्मले भाषाको पनि रक्षा गर्नुपर्छ भनिन्छ । विश्व बजारमा आफ्नो देशको भाषा प्रवद्र्धन गर्नमा फिल्मको ठुलो भूमिका हुन्छ ।

तर, पछिल्लो समयमा भने नेपाली फिल्मका मेकरहरु धमाधम हिन्दी भाषामा डब गर्दै रिलिजको तयारीमा छन् । विशेषगरि, फिल्म ‘प्रेमगीत ३’लाई हिन्दी भाषामा डब गरेर रिलिज गरेपछि यसको सिको अरु मेकरले पनि गर्न थालेका छन् ।

फिल्म ‘बिर बिक्रम २’ नेपालमा रिलिज भैसक्यो । केही बर्ष अगाडि नै रिलिज भैसकेको पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी अभिनित फिल्मलाई अब हिन्दी भाषामा डब गरिएको छ । हिन्दी भाषामा डब गरेर यसको ट्रेलर सार्वजनिक गरिएको छ ।

अब, पुरा फिल्मलाई पनि युट्युबबाट रिलिज गर्ने तयारी गरिएको छ । यस्तै, सुब्रतराज आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ती’लाई पनि हिन्दी भाषामा डब गरिएको छ ।

हिन्दी भाषामा डब गरेर यसको ट्रेलर ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । यो फिल्मलाई केही दिनमै ओएसआरबाटै रिलिज गर्ने तयारी गरिएको छ ।

सलोन बस्नेत, बिनोद न्यौपाने, सारा सिर्पाली लगायतका कलाकारको अभिनय यो फिल्ममा छ । अब आउने दिनमा अन्य नेपाली फिल्मलाई पनि हिन्दी भाषामा डब गरेर युट्युबबाट रिलिज गर्ने ट्रेन्ड बढ्ने पक्का छ ।

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।