२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

३ चलचित्र दयाहाङ माथि साढे ६ करोड लगानी, ३२ करोड आम्दानी !

कात्तिक २४, काठमाडौ : संभवत, कुनै नायकको फिल्मले एउटै बर्षमा सबैभन्दा धेरै ग्रस कलेक्शन गरेको यही बर्ष होला । यो बर्ष नायक दयाहाङ राइले लगातार ३ फिल्म हिट

दिएर ह्याट्रिक मात्र गरेका छैनन्, एक नयाँ रेकर्ड समेत राखेका छन् । दयाले अभिनय गरेका ‘कबड्डी ४, २ नम्बरी र के घर के डेरा’ यो बर्षका हिट फिल्ममा पर्छन् ।

यो बर्ष यी तिन फिल्ममाथि करिब साढे ६ करोड हारहारीमा लगानी भएको छ । तर, यी तिन फिल्मको ग्रस कलेक्शन हेर्ने हो भने ३० करोड माथि छ । दयाको ‘कबड्डी ४’ले बक्स अफिसमा २२ करोडको ग्रस कलेक्शन गरेको आँकडा निर्माताले प्रस्तुत गरेका थिए ।

यो फिल्म अहिलेसम्मकै सर्वाधिक धेरै ग्रस कमाई गर्ने फिल्म समेत बनेको छ । निर्माताको आँकडालाई नै मान्ने हो भने फिल्म ‘२ नम्बरी’को ग्रस कलेक्शन पनि ५ करोड भन्दा माथि छ ।

यस्तै, अर्को हिट फिल्म ‘के घर के डेरा’को ग्रस कलेक्शन पनि यो बर्ष ५ करोड भन्दा माथि नै छ । अझ, निर्माताले सही आँकडा प्रस्तुत गर्ने हो भने यो आँकडा केही माथि जान सक्छ ।

तर, दयाका फिल्मले यो बर्ष ३२ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको देखिन्छ । यो रेकर्ड सायद अहिलेसम्म नेपालका कुनै पनि नायकको नाममा छैन । यसअर्थमा, दयाले दुर्लभ रेकर्ड समेत राखेका छन् । मेरो फिल्मी

२०७९ कार्तिक २४, बिहीबार प्रकाशित 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।