२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

गायन रियालिटी सो “भ्वाइस अफ नेपाल”को नकआउट राउण्डमा कुन कोचको टिममा को ?

कात्तिक २३, काठमाडौं : टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आगामी शुक्रबारदेखि नकआउट राउण्ड सुरु हुँदैछ । ब्याटल चरण अघिल्लो साता सकिएको छ भने नकआउट राउण्डमा ३६ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्नेछन् ।

चारजना कोचको समूहमा ९/९ जना प्रतिस्पर्धी छानिएका छन् । कोचहरु राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारीको टिमले पूर्णता पाएको छ । कुन कोचको समूहमा को-को प्रतिस्पर्धी छन् भन्नेबारे टुंगो लागेको र यी प्रतिस्पर्धीलाई लिएर नकआउट राउण्डको छायांकन पनि सकिएको छ ।

कुन कोचको टिममा कुन प्रतिस्पर्धी ?

टिम राजेश –

भूपेन्द्र रणपाल, दिलेन आङ्बो, महेन्द्र बिके, मोहन नेपाली, मुस्कान राई, पदम राई, परेश राई, सविन योङहाङ, चन्द्रबहादुर कार्की

टिम राजु –

रियान गिरी, उपासना रिजाल, रिन्चेन तामाङ, पवित्रा गुरुङ, दीपेश गुरुङ, रेवश गुरुङ, गोविन्द लिम्बू, टीकाबहादुर मगर, करण राई

टिम प्रविशा –

शान्तबहादुर राई, विषम आचार्य, साहिल लिम्बू, प्रिजोल नेपाली, रोनिश श्रेष्ठ, मिङ्सोहाङ लिम्बू, समीर रसाइली तथा प्रतीक चापागाईं, वर्षा इटानी र निशा कार्की

टिम प्रमोद –

प्रथमहाङ सुब्बा, प्रणिम राई, आशिष रायमाझी, कल्याण गन्धर्व, प्रतीक खाती बिके, योगेश मगर, दीप किराती, वर्षा मानन्धर र आशिष महर द भ्वाइसको चौथो सिजन शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

२०७९ कार्तिक २३, बुधबार प्रकाशित 1 Minute 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।