२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

दया हाङको ह्याट्रिक, तिहार बिदाले के घर के डेरा लाई राहतै राहत !

कात्तिक ११, काठमाडौं : तिहार बिदाको फाइदा उठाउँदै फिल्म ‘के घर के डेरा’ले घरेलु बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ । अहिलेको ट्रेन्ड कायमै रहे फिल्मले भाइटीकाको दिनसम्म लगानी उठाउने पक्काजस्तै छ ।

निर्माताले औपचारिक कमाइ त सार्वजनिक गरेका छैनन्, तर पहिलो सप्ताहन्त र तिहार बिदाको कुल कमाइ जोड्दा फिल्मको कलेक्सन आकर्षक हुने अनुमान छ ।मंगलबार पनि मल्टिप्लेक्सको अकुपेन्सी झन्डै शतप्रतिशत थियो ।

बिहान र दिउँसोभन्दा मध्यान्ह र बेलुकीका शो हाउसफुल थिए । निर्देशक दीपेन्द्र के खनालले काठमाडौं र मोफसल टेरिटोरी दुवैमा फिल्मको कमाइ उत्साहजनक रहेको बताए । लगानी उठाउनुलाई फिल्मको सफलता मान्ने हो भने दयाहाङ

राईका लागि के घर के डेराको प्रदर्शनलाई ह्याट्रिक मान्नुपर्छ । यसअघि ‘कबड्डी ४’ र ‘दुई नम्बरी’मार्फत दयाहाङले यस वर्ष हिट फिल्म दिइसकेका छन् ।

निर्देशक खनाल र अभिनेता कार्कीको दोस्रो सहकार्य पनि सफल देखिएको छ । यतिबेला बलिउड फिल्म ‘एनिमल’ छायांकनलाई भारतमा रहेका कार्कीले नेपालमा यो फिल्मले राम्रो कमाइ गरेको सुनेको बताउँदै आफू उत्साहित रहेको जानकारी दिए ।

बुधबारको बिहानी र मध्यान्हको शोहरु भरिने क्रममा छन् । बिग मुभिजको मध्यान्हको शो ८० प्रतिशत अकुपेन्सी छ । क्यूएफएक्समा ५० प्रतिशतसम्म छ ।

मध्यान्हदेखि घमाइलो सुरु हुने भएकाले दर्शकीय उपस्थिति बढ्ने अनुमान छ । आगामी आइतबारसम्मै सार्वजनिक बिदा हुने भएकाले प्रदर्शनमा आएका फिल्मका लागि यो पैसा छाप्ने आकर्षक अवसर समेत हो ।

२०७९ कार्तिक ११, शुक्रबार प्रकाशित 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।