२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

बधाई ! परिजिता बास्तोलाले जितिन द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्ड !

कात्तिक २, काठमाडौं : १७ वर्षको उमेरमा पारिजिता बाँस्तोलाले आफ्नो मखमली स्वरले ‘द भ्वाइस’ को प्रशिक्षक मात्र नभएर शोका दर्शकको पनि मन जित्न सफल भइन् ।

ब्लाइण्ड अडिशनमा प्रतिष्ठित रूपमा चारवटै कुर्सी घुमाउन सफल परिजिताले टिम लिजेन्ड रोजेकी थिइन् । र, म‌ंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेताको रुपमा चुने ।

‘द भ्वाइस’ सिजन २२ को ब्याटल्स राउन्डको लागि जोनले पारिजितालाई दिदीबहिनीको जोडी द मारिलिन्ड्स विरुद्ध प्रतिस्पर्धामा पठाएका थिए । बी जीको ‘हाउ डीप इज योर लभ’ लाई ब्याट्स गीतको रूपमा छनोट गरिएको थियो ।

यद्यपि मारिलिन्ड्स दिदीबहिनी पनि शोमा सुरक्षित छन् । जोनले मारिलिन्ड्स दिदीबहिनीलाई पनि आफ्नो विशेष अधिकार प्रयोग गरेर सुरक्षित गरेका छन् ।

२०७९ कार्तिक २, बुधबार प्रकाशित 0 Minutes 61 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।