
काठमाडौँ : पछिलो समय विश्वभरी लोकप्रिय रहेको एप टिकटकबारे बिहिन् प्र’तिबन्धहरु लागिरहेका छन् । कतिपय देशमा टिकटक बन्द गरेको समाचार हामीले सुन्दै आएको छौं ।
छिमेकी मुलुक भारत तथा पाकिस्तानले टिकटक बन्द गरेका छन् । अब भने टिकटक निर्माता देश चीनमा समेत टिकटक चलाउने समय ४० मिनेटमा सिमित गरिएको छ । चीनमा अब टिकटक प्रयोगकर्ताले ४० मिनेटमात्र चलाउन पाइने भएका छन् । चिनियाँ भ’र्सनको टिकटकमा यो नियम लागू भएको हो ।
चीनमा १४ वर्ष मुनिका बालबालिकाले अब दैनिक ४० मिनेटमात्र टिकटक चलाउन पाउनेछन् । टिकटकले सुरु गरेको ‘टिनएज मोड’ मा बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन पाउने छैनन् । बे’इजिङबाट खोलेको टिकटक आइडीमा यो नियम लागू हुनेछ ।
१४ वर्ष भन्दा मुनिका बालबालिकाको हकमा यो नि’यम लागू हुने टिकटकको मातृ कम्पनी बाइट डान्सले जनाएको छ । टिन एज मोडमा राति १० बजेदेखि बिहान ६ बजेसम्म टिकटक चलाउन मिल्दैन । साथै कम्पनीले आफ्ना बालबालिकाको वास्तबिक नाम राखेर टिकटक चलाउन अभिभावकहरूमा अनुरोध गरेको छ ।