२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

आज को बन्दैछन ‘कमेडी च्याम्पियन’को बिजेता ? यस्तो छ भोटिङको पूर्वानुमान !

काठमाडौं : गत वर्षको तुलनामा यो बर्ष कमेडी रि’यालिटी शो ‘कमेडी च्याम्पियन’ निकै चर्चित रहन पुग्यो । शोलाई धेरै चर्चा दिलाउने काम अन्य प्रतियोगी मध्ये बढी भरतमणि पौडेलले गरे । उनको पूर्व युवराज पारस शाहको गेटअपदेखि अन्य धेरै प्रस्तुति शोको चर्चाको कारण भयो ।

भरतमणि अलवा सन्तोष थापा र विक्की अग्रवालले पनि शोको चर्चामा इटा थप्ने काम गरे । यी तीन प्रतियोगीनै अहिले शोको फाइनलमा छन् । विभिन्न आ’रोह–अ’वरोह पार गर्दै यहाँसम्म आएका तीन मध्येबाट एकले आज शनिबार हुने फाइनलमा उपाधि उठाउनेछन् ।

उपाधि विजेताले कार र थुप्रै गिफ्ट समेत हात पार्दछन् ।भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोषलाई प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्म ल्याएको हो । तीनमध्ये एकले मात्र उपाधि उठाउने छन् ।

उपाधिमा प्रमुख दावेदार भरतमणिलाई लिने गरिएको छ । तर सन्तोष र विक्की मध्य एकले पनि उपाधि उठाउन सक्ने सम्भावना रहेको छ । तीन प्रतियोगी मध्य भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका हुन् ।

विक्की अग्रवाल नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने साहसी प्रतिभा मानिएका छन् । भरतमणी पौडेल समकालीन हास्यब्यङ्ग्यको उत्कृष्ट उदाहरण र सन्तोषलाई विकी र भरतमणि सुन्दर ‘फ्युजन’ भनेर चर्चा गरिने गरिएको छ ।‘विकीका प्रस्तुतीहरुमा ‘वर्ड प्ले’, ‘प्रप्स’, ‘वान लाईनरको सही सदुपयोग, ‘अन एक्स्पेक्टेड ईन्ट्री’ र ‘आउट अफ बक्स कन्टेन्ट’ पाइन्छ ।

उनका ‘यहाँनीर दुख्छ हो’, ‘एयर होस्टेज–बस कन्डक्टर’, ‘हरिमाया भाउजू’, ‘फिल्म डाईरेक्टर’, ‘रावणको पुनर्जन्म’, ‘पेन्टोमाईम’ लगायतका प्रस्तुति सम्झन लायक छन् ।त्यस्तै भरतमणीका ‘उत्कृष्ट क्यारिकेचर’, ‘हुबहु अभिनय’, ‘भेराईटीज अफ कन्टेन्ट’ र पफर्मेन्समा कन्फिडेन्स रहने गरेको छ ।

उनका ‘घरबेटी र डेराबाल’, ‘डाक्टर साहेब’, ‘जेष्ठ नागरिक दुःख’, ‘पत्रकारको कथा’, ‘पुर्व युबराज पारसको क्यारिकेचर’ लगायतका प्रस्तुतीले दर्शकका मनमा गहिरो छाप छाडेको छ ।त्यसैगरि सन्तोष थापाका सेटमा ‘रियल लाईफ एक्सपेरियन्स’, ‘अर्गयानिक कन्टेन्ट’, हाउभाउको सही प्रयोग र प्रस्तुतिमा शालिनता र सरलता भेटिन्छ ।

उनका ‘अङ्ग्रेजी टिचेर’, ‘महोत्सवको कथा’, ‘डेलिभरी ब्वाईको पीडा’, ‘मपनी व्यापारी’, फिनालेमा प्रस्तुत गरेको ‘भरत–विकीको चेपुवा’ लगायतका प्रस्तुति जिवन्त थिए ।फाइनल छिर्दा सर्वाधिक भोट ल्याएका विक्कीको समर्थनमा सिंगो सिक्किम/दार्जलिङ लागेको छ ।

उनलाई जिताउन त्यहाँ विभिन्न क्याम्पेनिङ भए । जसबाट विक्कीले राम्रो भोट पाएका छन् ।त्यतिमात्र होइन, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विक्कीलाई जिताउनका लागि व्यक्तिगत रूपमा नै ५ लाख सहयोग गरिसकेका छन् ।उत्कृष्ट ४ मा विक्कीले दिएको ‘पेन्टोमाइम’ प्रस्तुतिले कमेडी जगतमा बहसको विषय बन्यो ।

उक्त प्रस्तुति निर्णायक सन्तोष पन्तले नबुझेको भनेपछि विक्की केही भावुक भएका थिए । अन्ततः उनले पनि ‘सिम्प्याथी भोट’ पाए । जसको कारण उनी सर्वाधिक भोट पाउने प्रतियोगी बने ।अहिले पनि विक्कीलाई नेपालबाट राम्रो साथ छ ।सरसरर्ती हेर्दा, काे विजेता बन्ला भन्न सक्ने अवस्था छैन ।

२०७८ आश्विन २, शनिबार प्रकाशित 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।