
काठमाडौ : गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् ।
भन्नेहरु भन्थे, मिलनले अन्जुको ठाउँ खोस्यो । मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । पार्श्व गायनमा एकछत्र राज थियो ।
सफलाको ग्राफ सधैं एकनाश उकालो लाग्दैन । चर्चा र सफलताको उत्कर्षमा पुग्दै गर्दा मिलन अमात्यको गति एकाएक धिमा भयो । उनको सांगीतिक जीवन धर्मरायो । अनि पालो आयो, मेलिना राईको ।
गीत रेकर्ड गर्दैमा र स्टेज कार्यक्रम पाएकै भरमा सफल मान्नु गलत भएको स्वीकार गर्छिन् उनी । दर्शकश्रोताले मिलन तैंले राम्रो गीत गरिस् भन्नुभयो भने म सफल हो, मिलन भन्छिन्, नभए, सफल भएँ भन्नु भ्रममा रमाउनु मात्र हो ।
२०७४ साल असोज २ गते । गायिका मिलन अमात्यको डिभोर्सको समाचार छ्यापछ्याप्ती भए । मिलन अमात्य र मेन्सन अमात्यले सोही दिन काठमाडौं जिल्ला अदालतमा पुगेर पारपाचुके गरेका थिए ।
सन् २०११ मा मागी विवाह गरेका उनीहरुले पारिवारिक खटपटका कारण डि-भोर्स गरेको बताएका थिए । मिलनले मेन्सनलाई संगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पु¥र्याउन खोजेको आरोप लगाउँदै डि-भोर्स दिएकी थिइन् ।
मिलन भन्छिन्- डि-भोर्स दिएको भन्ने समाचारले मलाई मा-नसिक पीडा दिएको थियो । तर परिवार र साथीहरुको सहयोगमा त्यो भंगालोबाट निस्किन सफल भएँ ।
डि-भोर्सलाई जिन्दगीको एक हिस्सा मान्छिन् मिलन । जीवनमा धेरै उतार चढावहरु आउँछन् । त्यसलाई स्वीकार नगर्ने हो भने त जीवन जिउनै सकिन्न । अब अरु के कहानी कोरिएको छ। हेर्न बाँकी छ । उनी केही मलिन सुनिन्छिन् ।
आ-रोप लगाउनेहरुलाई समयले उत्तर दिएको उनको तर्क छ । दीपकसँग आफूले धेरै सहकार्य गरेकाले अफवाह फैलिएको उनको दाबी छ ।
विवाह गर्ने सोचमा छिन् । अहिले म बुढी भइसकेकी छैन नि, ठट्यौली शैलीमा उनले भनिन्, विवाह त पक्कै गर्नेछु, तर कहिले गर्छु भन्ने योजना बनाइसकेको छैन ।
आसाममा जन्मिएकी मिलनको परिवार संगीतिक थियो । उनका मामा कृष्ण मिजाल र ठुलीआमा डुकुना नेवार आसामको सांगीतिक आकाशमा सफल थिए । उनीहरुको छत्रछायामा हुर्केकी मिलनले १३ वर्षको उमेरमा स्टेजमा गाउन थालिन् ।
मिलनको करिअरको टर्निङ प्वाइन्ट भने सन् २००३ मा भएको एक प्रतियोगिता भयो । जयपुरमा भएको प्रतियोगितामा उनी फस्ट रनरअप भइन् । उनी भन्छिन्, त्यो उपाधीपछि मैले आसाममा आएर धेरै गीतहरु रेकर्ड गराउने अवसर पाएँ ।
मिलनले आसाममा १० वटा एल्बम निकालिन्, जसमध्ये केही नेपाली गीतका पनि छन् । नेपाली गीत संगीत गाउन भने आफूलाई बाबाले प्रेरित गरेको सुनाउँछिन् ।
त्यसबेला आसाममा नेपाली गीतका एल्बमहरु कमै मात्र पाइन्थे, तर बाबाले टाढाटाढा पुगेर नेपाली गीतका एल्बमहरु ल्याएर सुन्न लगाएको उनलाई याद छ । त्यही क्रममा उनी ‘मिलन’ एल्बमको तयारीसहित नेपाल आइन् ।
एल्बमको तयारीको क्रममा मेन्सनसँग भेट भयो । मिलन एल्बम बजारमा आउँदासम्म दुई मन एक भइसकेको थियो । एल्बमका समावेश गीतहरु ‘जहिलेसम्म संसारमा’ ‘शिरीमा शिरी’ लगायतले राम्रै चर्चा पाए । मिलनले राम्रो ‘इन्ट्री’ मारिन् ।
चलचित्र नोटबुकको ‘गाला रातै’ र कालीको ‘बट स्लोली स्लोली’ गीतले उनलाई स्थापित नै गरायो । गायनसँगै मिलनले केही आफ्ना गीतको भिडियोमा मोडलिङ पनि गरेकी छन् । ‘सानैदेखि मोडलिङमा पनि रहर थियो । त्यही रहर पूरा गर्न केही भिडियोमा देखिएकी हुँ ।
उनले भनिन्, ‘तर अरुको गीतमा मोडलिङ गर्ने योजना भने छैन । पछिल्लो समय रियालीटी शो ट भ्वाइस अफ नेपालमा जज भएपछि उनको चर्चा निकै चुलिएको छ । उनी सामाजिक संजालमा पनि निकै सक्रिया छन् । उनको सिम्पलपन र सुन्दरताको धेरैले तारिफ गर्छन् । हिमालयन डेलि