२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

“केजीएफ–२” ले बक्स अफिसमा ल्यायो सुनामी

३ बैशाख, एजेन्सी : यश स्टारर फिल्म केजीएफ २ ले भारतमा शानदार ओपनिङ गरेको छ । फिल्मले हिन्दी बेल्टमा दोस्रो दिन ४६ करोड ७९ लाख रुपैयाँ कमाएको हो ।

योसँगै फिल्मले हिन्दी भाषामा मात्रै १०० करोड ७४ लाखको व्यापार गरेको छ । हिन्दी संस्करणमा दुई दिनमा यति धेरै कमाउने यो पहिलो फिल्म हो, यसअघि बाहुबली–२ ले दुई दिनमा ८१ करोड कमाएको थियो ।

योसँगै केजीएफ–२ फिल्मले दोस्रो दिन विश्वभर १३९ करोड २५ लाख रुपैयाँ कमाएको छ । पहिलो दिनको विश्वव्यापी कलेक्सन १६५ करोड थियो । फिल्मले दुई दिनमा कूल ३०४ करोडको व्यापार गरेको छ ।

करिब १०० करोडको बजेटमा बनेको यो फिल्ममा कन्नड अभिनेता यशका अलावा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै केजीएफ–२ हिन्दी बक्स अफिसमा सुनामी भएको बताएका छन् । फिल्मले दोस्रो दिन अर्थात शुक्रबार ४६ करोड ७९ लाख र ओपनिङ दिनमै ५३ करोड ९५ लाख कलेक्सन गरेको छ । यसअघि समालोचक मनोबालाले फिल्मलाई ऐतिहासिक भनेका थिए ।

२०७९ बैशाख ३, शनिबार प्रकाशित 0 Minutes 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।