२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

केजिएफ च्याप्टर २ ले रिलिज अगावै कमायो २५ करोड !

चैत २९, काठमाडौं : पछिल्लो समय बलिउड उद्योगमा साउथ फिल्मको दबदबा छ । एकपछि अर्को हुँदै रिलिज भइरहेका साउथ फिल्महरुले बक्स अफिसमा नयाँ–नयाँ रिकर्ड बनाइरहेका छन् ।

साउथका सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा’, राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्न सफल भएका छन् । त्यस्तै साउथका अर्का सुपरस्टार यशको ‘केजीएफः च्याप्टर २’ रिलिजमा संघारमा छ ।

यो फिल्मको ट्रेलरसमेत रिलिज भइसकेको छ, जसको कारण दर्शकमाझ थप कौतुहलता थपिएको छ । यो फिल्मले पनि ‘पुष्पा’ र ‘आरआरआर’ जस्तै बक्स अफिसमा धमाका मच्चाउने आँकलन गरिएको छ ।

एसएस राजामौलीको निर्देशनमा तयार ‘आरआरआर’ले वल्र्डवाइड १००० करोडको कलेक्शन गरेर नयाँ रेकर्ड कायम गरेको छ । यसैबीच रिलिजको तयारीमा रहेको यश स्टारर् ‘केजीएफः च्पाप्टर २’ले एड्भान्स बूकिङमार्फत् नै २५ करोडको कलेक्शन गरिसकेको छ ।

हिन्दूस्तन टाइम्सको रिपोर्ट अनुसार राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’ले एडभान्स बूकिङमार्फत् ५ करोड कलेक्शन गरेको थियो । तर, ‘केजीएफः च्याप्टर २’ ले भने एड्भान्स बूकिङमार्फत् नै २५ करोडको कलेक्शन गर्दै नयाँ रेकर्ड कायम गरिसकेको छ ।

रिपोर्टका अनुसार एडभान्स बूकिङमार्फत् ‘केजीएफः च्याप्टर २’को हिन्दी भर्सनले ११.४० करोड, तेलुगु भर्सनले ५ करोड, कन्नड भर्सनले ४.९० करोड, तमिल भर्सनले २

करोड र मलायलम भर्सनले १.९० करोडको कलेक्शन गरेको हो । १४ अप्रिलबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा यशका साथै सञ्जय दत्त, रवीना टण्डन, श्रीनिधिलगायत पनि मुख्य भूमिकामा छन् ।

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 0 Minutes 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।