
चैत २५, काठमाडौं : को-रोना महामा’रीका कारण रोकिएका स्टेज कार्यक्रम फेरि लय समात्न थालेका छन् । देशका विभिन्न स्थानमा भइरहेका मेला, महोत्सव तथा कन्सर्टमा अधिकांश चर्चित कलाकारहरु व्यस्त बनेका छन् ।
नयाँ वर्ष नजिकिंदै जाँदा सांगीतिक कार्यक्रम आयोजना गर्ने क्रम अरु बढेको छ । यसैबीच, मुलुकको चर्चित लोक–रक ब्याण्ड नेपथ्य पनि स्टेज कार्यक्रमका लागि जुर्मराउँदैछ । को’रोना महामा’रीका कारण झण्डै दुई वर्षसम्म स्टेजबाट
टाढा रहेको यो ब्याण्ड नयाँ वर्ष अर्थात्वै शाख १ गते झापाको दमकबाट पुनः स्टेजमा फर्किंदैछ । दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले आफ्नो प्रस्तुति दिने तयारी गरेको ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिए ।
नेपथ्यले यसअघि पनि सोही स्कुलमा चार हजार भन्दा बढीको दर्शकको उपस्थितिमा कार्यक्रम गरेको थियो । कोरोना भाइरस संक्रमण फैलिनुअघि २०७६ फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा पछिल्लो कन्सर्ट गरेको थियो ।
दमकमा आयोजना हुने कन्सर्टलाई सफल पार्न स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ले पनि तयारी अगाडि बढाइसकेको नेपथ्यले जनाएको छ । कार्यक्रमका लागि दमकसहित काँकडभिट्टा, विर्तामोड, उर्लाबारी, पथरी, लेटाङ, विराटनगर, इटहरी, धरान, गौरादह र दुधेमा टिकट बिक्री केन्द्र राखिने भएको छ ।