
चैत २३, काठमाडौं : बलियुडका चर्चित नायक राणवीर कपुर र नयिका आलिया भट्टको जोडी बलियुडको मन पर्ने जोडीमा गनिन्छ । हाल दुबैको बिबाहको चर्चा इन्डस्ट्री र फ्यानमा छ ।
राणवीर र आलियाको बिबाहलाई लिएर उनका फ्यानहरु निकै उत्साहित छ्न । राणवीर र आलियाको विवाह मितिको बारेमा लामो समयदेखी चर्चा भैरहेको छ । र अब नयाँ रिपोर्टको विश्वास गर्ने हो भने राणवीर र आलिया अप्रिल १७ मा वैवाहिक बन्धनमा बाँधिदै छन ।
रिपोर्टले दाबी गरेअनुसार राणवीर आलिया मुम्बईको चिम्बोर आर्क स्टुडियोमा वैवाहिक बन्धनमा बाधिदै छ्न । यो बिबाहमा राणवीर कपुर र आलिया भट्टको परिवार र नजिकका मानिसहरु मात्र सहभागी हुनेछन् ।
आलिया भट्टका हजुरबुबा एन राजदान उनको बिबाह रणवीर संग भएको हेर्न चाहान्छन् जसका कारण १७ तारीखमा हतारमै बिबाह गर्न लागिएको भारतीय संचार मध्यमहरुले उल्लेख गरेका छन् ।
बिबाहमा दुबैका परिवारहरुदेखि बाहेक इन्डस्ट्रीका नजिकका सथिभाइहरु मात्र सहभागी हुनेछन् । राणवीर आलिया वा उनीहरुको परिवारबाट उनीहरुको विवाहका बारेमा कुनै आधिकारिक धोषणा गरिएको छैन ।
तर हालै रणबिर कपुरले एक अन्तर्वार्तामा आलिया भट्ट संगको बिबाहको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् ” मलाई कुनै कुकुरले टोकेको छैन कि मैले मिडियालाई मेरो बिबाहको मिति बताउनु पर्छ तर म पक्कै भन्न सक्छु कि म र आलिया दुबै बिबाहको योजनामा चै छौ “। – बिनिता तिम्सिना