२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

गायक स्वप्‍न सुमन “हिरो” बन्दै दिनेश राउतको लभस्टोरी फिल्ममा अनुबन्धित !

माघ ७, काठमाडौं : तन्नेरीमाझ रुचाइएका गायक स्वप्‍न सुमन अब फिल्मको नायक बन्ने भएका छन् । दिनेश राउतले निर्देशन गर्ने आगामी अनटाइटल फिल्ममा उनलाई नायकको भूमिकामा देख्न पाइने भएको हो ।

प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन वैशाखदेखि सुरु हुनेछ । निर्देशक राउतले गायक सुमनलाई प्रमुख चरित्रमा अनुबन्धित गरिएको जानकारी दिए ।
तीन महिनादेखि यो भूमिकामा लागि सुमनले अभिनय सिकिरहेका छन् ।

उनलाई अडिसनबाट छनोट गरिएको पटकथा लेखक विकास सुवेदीले बताए । वैशाखदेखि छायांकन सुरु हुने फिल्म असारसम्म सक्ने तयारी निर्माताको छ । हामीलाई वर्षातको मौसम पनि जरुरी छ, निर्देशक राउतले अनलाइनखबरलाई भने ।

नायिकाको भूमिकामा अभिनय गर्ने कलाकार तय हुन बाँकी छ । फिल्म सहरी कथावस्तुको हुने लेखक सुवेदीले बताए । यसले सहरी सभ्यताको ढोंगीपन र भ्रमको कथा भन्छ, उनले भने, सहरभित्रको एउटा कथा हो ।

यसले सहरको दुई चरित्र झल्काउँछ । फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने योजना छ । वास्तविक नाम सुमन थापा भएका उनको स्टेज नाम चाहिं स्वप्न सुमन हो । सन् २०१३ बाट गीत गाउन सुरु गरेका उनले यसअघि फिल्म

‘इन्टु मिन्टु लण्डनमा’को ओएसटी पनि तयार पारेका थिए । के साह्रो राम्रो भको र ए हेलो जस्ता गीतले उनलाई स्थापित गरे । मोडल तथा अभिनेत्री ज्योत्सना योगीसँग गत वर्ष विवाह गरेका उनले संगीत र अभिनयलाई सँगै अघि बढाउन खोजेका छन् ।अन्लाईन खबर

२०७९ माघ ७, शनिबार प्रकाशित 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।