२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

चलचित्र कबड्डीका निर्देशक रामबाबु गुरुङले ‘डिग्री माइला’ फिल्म बनाइने घोषणा !

माघ ७, काठमाडौं : दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा फिल्म निर्माण हुने भएको छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले शुक्रबार उक्त फिल्मको औपचारिक घोषणा गरे ।

गुरुङकै निर्देशन रहने फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ । फिल्मको मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायत हुनेछन् ।

रामबाबुकै पटकथा लेखन रहेको फिल्मको पहिलो ड्राफ्ट यसअघि नै तयार भइसकेको थियो । यसअघि तीनपटक मञ्चन भइसकेको उक्त नाटकले राम्रो कमाइ गर्दै चर्चा पनि बटुलेको थियो । दर्शकको मागको आधारमा मण्डलाले तीनपटक उक्त नाटकलाई मञ्चन गरेको थियो ।

नायिका चाहिं चाँडै फाइनल गर्ने तयारी छ । ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा बन्ने फिल्मको छायांकन वैशाखदेखि सुरु गर्ने तयारी छ ।

कमेडी ड्रामा जनरामा बन्ने फिल्म छायांकनको लागि लोकेसन लगायतका पक्ष तय हुँदैछन् । यो फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । रामबाबु निर्देशित ‘फूलबारी’ फागुन ५ गते प्रदर्शन तयारीमा छ । वर्ष २०८० को अन्तिमतिर ‘कबड्डी ५’ निर्माणको योजना छ ।

२०७९ माघ ७, शनिबार प्रकाशित 0 Minutes 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।