२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

नेपालमा ४ महिनामा ३ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो !

पुस ३, काठमाण्डाै : चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव ४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म तीन खर्ब

७८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको कात्तिकमा रेमिट्यान्स सात प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १० दशमलव ८ प्रतिशतले बढेर

दुई अर्ब ९३ करोड पुगेको छ । यस्तै चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ सय २ दशमलव ५ प्रतिशतले वृद्धि भइ

एक लाख ९५ हजार एक सय ९६ जना पुगेको छ । त्यसैगरि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४६ दशमलव ४ प्रतिशतले वृद्धि भइ ८७ हजार चार सय २८ जना पुगेको छ ।

२०७९ पुष २, शनिबार प्रकाशित 0 Minutes 64 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।