
मंसिर ७, काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ
६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ। सोमबारको तुलनामा आज अमेरिकी डलर ७५ पैसाले घटेको हो । आज युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७५
पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा कायम भएको छ। सोमबार युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा थियो। अष्ट्रेलियन डलर
खरिदमा पनि ५४ पैसाले घटेर ८७ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २९
पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा छ भने सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९९ पैसा कायम भएको छ।