२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

नेपालमा ३ महिनामै ५८ करोडको टेलिभिजन सेट र ३० करोडको क्यामरा नेपाल भित्रिए !

कात्तिक २७, काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रुपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ।

सोही अवधिमा पौने ३० करोड रुपैयाँको विभिन्न प्रकारका क्यामरा पनि नेपाल भित्रिएको छ। २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको टेलिभिजन सेट र क्यामरना नेपाल भित्रिएका हुन्।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा ५८ करोड ३ लाख ४३ हजार रुपैयाँको ३३ हजार ८२२ वटा टेलिभिजन सेट नेपालले आयात गरेको छ।

सोही समयमा २९ करोड ७९ लाख ८७ हजार रुपैयाँको ८९ हजार २११ वटा विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो।

२०७९ कार्तिक २७, आईतवार प्रकाशित 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।