२०८० फाल्गुन ११ शुक्रबार
  • काठमाडौँ

कुलमानको कमाल, तिहारमा मात्रै पिक आवरमा पनि बिजुली निर्यात, ३८० मेगावाट भारतमा बिक्री !

कात्तिक १६, काठमाण्डौ : नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि भारतमा बिजुली निर्यात गरेको छ ।
नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न

थालिएसँगै पहिलो पटक यसपालि प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि बिजुली भारत निर्यात गरेको हो । प्राधिकरणका अनुसार हिजो बेलुका पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको छ ।

लक्ष्मी पूजाको बेलुका ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग थियो । त्यो समयमा १ हजार ३ सय ५ मेगावाट बिजुली खपत भएको प्राधिकरणले जनाएको छ ।
गएको वर्ष लक्ष्मी पूजाको दिन पिक आवरमा बिजुलीको माग १ हजार २ सय ७० मेगावाट थियो ।

गएको वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाका बेला पिक आवरको माग ३५ मेगावाटले बढी हो । विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि बिजुली आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।

अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २ सय मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको जेठ १९ गतेदेखि बिक्री सुरू गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताउनु भएको छ ।

२०७९ कार्तिक १५, मंगलवार प्रकाशित 0 Minutes 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।