२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

दैनिक उचाईमा पुग्दै डलरको भाउ, कति पुग्यो ?

असोज २९, काठमाडौँ : अमेरिकी डलरको मूल्यमा लगातार लागेसँगै आज नयाँ उचाई कायम गरेको छ । डलरको भाउले दैनिक नयाँ रेकर्ड बनाउँदा यता नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।

नेपाली मुद्रा र भारतीय मुद्राबीच विनिमयदर स्थिर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैँसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ७ पैसा पुगेको छ ।

त्यस्तै युरोको खरिद मूल्य एक सय २८ रुपैयाँ १४ पैसा र बिक्री मूल्य एक सय २८ रुपैयाँ ७३ पैसा रहेको छ ।
पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने देखिएको छ ।

विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डरल बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ । तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ ।

जसले शोधनान्तरस्थिति र विदेशि मुद्रा सञ्चितिमासमेत नकारात्मक असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।

२०७९ आश्विन २९, शनिबार प्रकाशित 0 Minutes 280 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।