२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

आजको बिदेशी मुद्राको बिनिमय दर, कुन देश कति ?

असोज २५, काठमाडौँ : नेपाल राष्ट्र बैङ्ककाअनुसार एक अमेरिकी डलरको बिक्रीदर १३२ रुपैयाँ २ पैसा पुगेको हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो ।

डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १३२ रुपैयाँ २ पैसा तिर्नुपर्नेछ ।

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर आकाशिदै गएको छ । डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ ।

डलरको भाउभन्दा महङ्गो हुने युरोपियन युरो भने कमजोर बनेको छ । आज खरिदमा १२८ रुपैयाँ ८६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ४५ पैसा रहेको छ ।

डलरभन्दा महङ्गो मुद्राहरू

डलरभन्दा महङ्गो मुद्राहरूमा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र दिनार रहेका छन् । युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४७ रुपैयाँ ४४ पैसा र बिक्रीमा १४८ रुपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३२ रुपैयाँ ६८ पैसा र बिक्रीमा १३३ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४२३ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य ४२५ रुपैयाँ ८४ पैसा रहेको पुगेको छ भने बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ २७ पैसा र बिक्रीमा ३४९ रुपैयाँ ८६ पैसा पुगेको छ ।

किन कमजोर भयो नेपाली रुपैयाँ ?

नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर भएको होइन । नेपालले भारतीय मु्रदासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण त्यसको असर नेपाली रुपैयाँमा परेको हो । यसको अर्थ अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो ।

भारतीय मुद्रा कमजोर वा बलियो हुँदा त्यसको असर अमेरिकी डलरसँगको विनिमय दरमा देखिन्छ। भारतीय मुद्रा कमजोर भएको अवस्थामा डलरको मूल्य बढ्न जान्छ। भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ र कमजोर भए कमजोर हुन्छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको बताइन्छ । अन्य मुद्राको विनिमय दर भने अमेरिकी डलरसँगको विनिमय दरमा आधारित भएर निर्धारित गरिन्छ।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 0 Minutes 408 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।