
असोज १, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ ।
बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ।
युरो एकको खरिद दर १२६ रुपैयाँ ९२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८७ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।