
भदौ ३०, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ ।
बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ०३
पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ५४ पैसा र बिक्री दर १४७ रुपैयाँ २३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६७ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिद दर ४११ रुपैयाँ ८० पैसा र बिक्री दर ४१३ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।