
भदौ २९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ
भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ७७ पैसा र बिक्री दर १२९ रुपैयाँ ३८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २८ पैसा र बिक्री दर १४८ रुपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
थप समाचार, नमस्ते–पे ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी फेस्टिभ क्याम्पेन ल्याएको छ । यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरुले विभिन्न सेवामा विभिन्न अफरहरु पाउने भएका छन् ।
यस अभियानमा बम्पर अफरको रूपमा सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्याँसब्याक प्राप्त गर्नेछन् । त्यस्तै प्रयोगकर्ताहरूले जति धेरै ट्रान्जेक्शन गर्छन् त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासब्याक पाउने मौका हुने जनाइएको छ ।
अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू वालेट टु वालेट ट्रान्सफर र लोड फण्ड (बाहेक)को कारोबार गर्ने प्रयोगकर्ताहरू योग्य हुने बताइएको छ ।
त्यस्तै, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् ।
अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड उडान टिकट पाउनेछन् । दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत क्यासब्याक पाउनेछन् ।