
भदौ १, काठमाडौं : बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन्। वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष
२०६५/६६ देखि २०७८/७९ सम्मको अवधिमा उनीहरु रोजगारी खोज्दै विदेशी भूमीमा पुगेका हुन्। यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो। वैदेशिक रोजगारीमा जानेमध्ये ४७ लाख १४ हजार ५९१ जना पुरुष र २ लाख ८६ हजार २४२ जना महिला रहेका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वोर्डले जनाएको छ। गत वर्ष ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।
वोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५, २०६६/६७ मा २ लाख ९४ हजार ९४, २०६७/६८ मा ३ लाख ५४ हजार ७१६, २०६८/६९ मा ३ लाख ८४ हजार ६६५, २०६९/७० मा ४ लाख ५० हजार ८८९ र २०७०/७१ मा ५ लाख २७ हजार ८१९ जना वैदैशिक रोजगारीमा गएका थिए।
यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ४ लाख ९९ हजार १०२, २०७२/७३ मा ४ लाख ३ हजार १७४, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३, २०७४/७५ मा ३ लाख ५४ हजार ८२, २०७५/७६ मा २ लाख ३६ हजार २०८, २०७६/७७ मा १ लाख ९० हजार ४५३ र २०७७/७८ मा ७२ हजार ८१ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ।
८४.६६ खर्ब रेमिट्यान्स भित्रियो
बितेको १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट नेपालमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको वोर्डले जनाएको छ।
वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९/७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब
रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५/७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। प्रवास खबर बाट