२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

आजको विदेशी मुद्राको विनियमदर, कुन देशको कति ?

साउन २४, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ। मंगलबार एक अमेरिकी डलरको खरिदमा १२७ रुपैयाँ १६ पैसा र

बिक्रीमा १२७ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। युरोपियन युरो एकको खरिद १२९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३० रुपैयाँ २० पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा र

सिङ्गापुरे डलर एकको खरिदमुल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ९९ पैसा रहेकोमा आज क्रमशःखरिदमा ८८ रुपैयाँ ६६ पैसा र ८९ रुपैयाँ ०८ पैसा र खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६६ पैसा छ।

त्यस्तै,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९ रुपैयाँ ४७ पैसा,चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ८१ पैसा र बिक्रीमा १८ रुपैयाँ ९० पैसा रहेको छ।

साउदी अरेवियन रियाल र कतारी रियालसम्मको भाउ बढेको छ। यसअघि एकको खरिदमा ३३ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८२ पैसा रहेको साउदी रियाललाई आज एकको खरिदमूल्य ३३ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ रहेको छ ।

भने खरिदमूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा रहेको छ।

यसैगरी,मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेकोमा आज बढेर एकको खरिदमा २८ रुपैयाँ ५२ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै,कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९ रुपैयाँ ८० पैसा,हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ २० पैसा र बिक्रीमा १६ रुपैयाँ २८ पैसा रहेको छ।

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।