२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

साउन ८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने

बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ४० पैसा र बिक्री दर १३० रुपैयाँ ०४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८२ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा,

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ०८ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४२ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३७ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।