२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

साउन ४, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री

दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ६१ पैसा र बिक्री दर १२८ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ११ पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा र बिक्री दर ९९ रुपैयाँ रहेको छ ।

त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा छ ।

साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३४ रुपैयाँ १४ पैसा छ भने मलेसियन रिङ्गिट १ को खरिदमूल्य २८ रुपैयाँ ६८ पैसा र बिक्रीदर २८ रुपैयाँ ८१ पैसा छ भने युएई दिर्हाम १ को खरिदमूल्य ३४ रुपैयाँ ७४

पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४१४ रुपैयाँ ९८ पैसा र बिक्री दर ४१६ रुपैयाँ ९३ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८८ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 0 Minutes 390 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।