
साउन १, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा रहेको
छ भने बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५२ पैसा र बिक्री दर ९७ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा छ ।
साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३४ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल १ को खरिदमूल्य ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा तोकिएको छ ।