२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

वैदेशिक रोजगारीमा जानेहरू बढे सगै रेमिटेन्समा वृद्धि !

असार २७, काठमाण्डाै : चालु आर्थिक वर्षको ११ महिनामा नाै खर्ब चार अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।
गएको साउनदेखि जेठसम्म नाै खर्ब चार अर्ब १८ करोड

रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो ।

तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको छ । अघिल्लो वर्षको ११ महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ५ प्रतिशतले वृद्धि भइ सात अर्ब ५१ करोड डलर पुगेको छ ।

यस्तै ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भइ तीन लाख १३ हजार तीन सय ६७ जना पुगेको छ ।

अघिल्लो वर्षको ११ महिनामा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ सय ८ प्रतिशतले

वृद्धि भइ दुई लाख ५९ हजार ९१ जना पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ प्रतिशतले घटेको थियो ।

२०७९ असार २७, सोमबार प्रकाशित 0 Minutes 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।