२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

नेपालले भारतलाई बिजुली बेचेर नेपालले एक महिनामा कमायो १ अर्ब ७२ करोड !

असार १९, काठमाडौं : नेपाल विद्युत प्राधिकरणले एक महिना (२ जुन–३० जुन) को अवधिमा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको बिजुली बिक्री गरेको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेचेर उक्त रकम बराबरको बिजुली बिक्री गरेको हो ।

आईईएक्सलाई सुरुमा दुई विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा प्राधिकरणले बिक्री गरेको थियो ।त्यसपछि गत जेठ २७ देखि दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्राधिकरणले बिक्री गरेको थियो ।

प्राधिकरणले एक महिनाको अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) पाउन सफल भएको छ । उक्त दिन प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा रहेको छ

भने सबैभन्दा कम औसत दर २१ जुन (७ असार) रहेको छ । उक्त दिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय

प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी
रुपमा अगाडि बढेको बताएका छन् । कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको पनि बताए ।

२०७९ असार १९, आईतवार प्रकाशित 0 Minutes 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।