
जेठ २७, काठमाडौँ : नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२
प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आथिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ ।
थप समाचार, साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा गिरावट आएको छ । शुक्रबार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ विन्दूमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ । शुक्रबार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
बिहीबारको तुलनामा शुक्रवार कारोबार रकम पनि गिरावट आएको छ । बिहीबार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । शुक्रवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ ।
त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ ।
नेप्से सूचक दोहोरो अंकले घटेपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यता सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य ५ प्रतिशतले गिरा-वट आएको छ । कारोबार रकमको आधारमा ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको पनि ४ करोड २४ लाख रपैयाँ बराबरको शेयर कारोबार भएको छ ।