२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

अमेरिकी डलर अहिलेसम्मकै महंगो, अन्य देशको विनिमयदर कति ?

जेठ १, काठमाडौ : आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६३ पैसा र बिक्रीदर १२४ रूपैयाँ २३ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १२८ रूपैयाँ ४० पैसा र बिक्रीदर १२९ रूपैयाँ ०३ पैसा पुगेको छ ।

राष्ट्र बैंकले आज अस्ट्रेलियन डलर एकको खरिदमा ८५ रूपैयाँ १६ पैसा र बिक्रीमा ८५ रूपैयाँ ५७ पैसा तोकेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ५५ पैसा पुगेको छ।

आज साउदी अरेबियन रियाल एकको खरिदमा ३२ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३३ रूपैयाँ १२ पैसा पाइन्छ भने कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०७ पैसा पुगेको छ।

यता युएई दिराम एकको खरिददर आइतबार ३३ रूपैयाँ ६६ पेसा र बिक्रीदर ३३ रूपैयाँ ८२ पैसा कायम गरिएको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसा पाइन्छ।

आज राष्ट्र बैंकले तोकेअनुसार कुवेती दिनार एकको खरिददर ४०२ रूपैयाँ ७७ पैसा र बिक्रीदर ४०४ रूपैयाँ ७२ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२७ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३२९ रूपैयाँमा ५५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकल र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार